अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज प्रदेश -१ का केही भागमा हल्का वर्षाको सम्भावना

आज प्रदेश -१ का केही भागमा हल्का वर्षाको सम्भावना


काठमाडौं- चिसो मौसम सुरु भएसँगै तराईका केही भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्दै आएको छ । यद्यपि, घाम लागेसँगै यो हट्दै जाने गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हुस्सु र कुहिरो लागेसँगै तापक्रम घट्दै जान थालेको छ । जसका कारण बिहान र बेलुका तराईमा पनि जाडो बढेको छ ।
देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गर्दै आएको छ ।

विभागका अनुसार आज बिहान तराई भू–भागका केही स्थानमा हुसु र कुहिरो लागेको छ । पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज बिहान पौने ६ बजेको काठमाडौंको तापक्रम ८.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।