अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैरगनियामा नगरपालिकाको निर्वाचन हुँदा रौतहटमा ४८ घण्टा सिमा नाका बन्द

बैरगनियामा नगरपालिकाको निर्वाचन हुँदा रौतहटमा ४८ घण्टा सिमा नाका बन्द


काठमाडौं- रौतहटको नेपाल–भारत सीमा नाका दुई दिन बन्द हुने भएको छ। आगामी पुस ३ गते डिसेम्बर १८० भारतको बैरगनिया क्षेत्रमा हुन लागेको नगरपालिका आम निर्वाचनको लागि नाका दुई दिन बन्द हुने भएको हो।
जिल्ला निर्वाचन कार्यालय, सीतामढीले सूचना जारी गर्दै शुक्रबार,डिसेम्बर १६० साँझदेखि आइतबार साँझ ,डिसेम्बर १८० सम्मको लागि सीमा नाका बन्द गर्न लागेको जानकारी गराएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने उद्देश्यले ४८ घण्टा सीमा नाका बन्द रहने सूचना भारतीय प्रशासनले दिएको हो।