अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मलेसियामा पहिरोमा परी ८ जनाको मृत्यु,  दर्जनौँ बेपत्ता

मलेसियामा पहिरोमा परी ८ जनाको मृत्यु,  दर्जनौँ बेपत्ता


काठमाडौं – मलेसियाको राजधानी क्वालालम्पुर नजिक शुक्रबार बिहान पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । यस घटनामा अहिलेसम्म ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार दर्जनौं मानिस अझै बेपत्ता रहेको बताइएको छ । उनीहरुको खोजी कार्य जारी छ । मलेसियाको फायर डिपार्टमेन्टका अनुसार घटना मलेसियाको सेलान्गोर प्रान्तको राष्ट्रिय राजधानी क्षेत्र बाहिर बिहान करिब ३ बजे भएको हो ।

सडक छेउमा रहेको अर्गानिक फार्म दुर्घटनाको चपेटामा परेको छ । यो फार्मले मानिसहरूलाई यहाँ क्याम्पिङ गरेर बस्ने सुविधा दिन्छ । करिब १०० फिट उचाइबाट यो क्याम्पमा भग्नावशेष खसेको र करिब एक एकड क्षेत्रफलमा फैलिएको दमकल विभागका निर्देशकले बताउनु भयो ।

Skip This