अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

किसानका मुद्दा सम्बोधन गर्नेलाई सरकार गठनमा सघाउँछौँ : सिके राउत

किसानका मुद्दा सम्बोधन गर्नेलाई सरकार गठनमा सघाउँछौँ : सिके राउत


काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरुले उठाएको किसानका मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता गर्नेलाई सरकार गठनका लागि सघाउने बताउनु भएको छ ।

आज निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै राउतले आफूहरुले किसानको मुद्दा उठाएर आएकाले सो मुद्दाहरु सम्बोधन हुनुपर्ने बताउनु भयो ।

अध्यक्ष डा. राउतले आफ्नो पार्टीले उठाएको किसानको मुद्दाका साथसाथै शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दामा सुधार गर्ने प्रतिवद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउने बताउनु भएको हो ।

उहाँले भन्ननुभयो, ‘हामीले भर्खरै किसान आन्दोलन गरेर आएको हुनाले किसानका जुन मुद्दाहरु छ त्यसलाई सम्बोधन हुनुपर्छ। त्यसका साथै खासगरी शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दा जनमत पार्टीले टड्कारो रुपमा उठाइराखेको हुनाले त्यो रातारात त परिवर्तन हुने कुरा होइन। त्यसमा काम गर्ने वातावरण, त्यो क्षेत्रहरुमा सुधार गर्नको लागि काम गर्ने वातावरण बनाइदिने खालको प्रतिवद्धता जायर हुनुपर्यो।’