अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन देशका राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाउनुभयो ओहदाको प्रमाणपत्र

तीन देशका राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाउनुभयो ओहदाको प्रमाणपत्र


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न तीन देशका राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र बुझाउनुभएको छ। 

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार छुट्टाछुट्टै नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई), तान्जानिया र सर्वियाका राजदूतले आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाउनुभएको हो । 

नेपालका लागि युएई राजदूत अब्दुल्ला सइद मुवारक जरवन अलसामसी, ताञ्जानियाका कापुफी एमबेगा र सर्बियाका सिनिसा पेभिकले आ–आफ्नो ओहदाको प्रमाणपत्र राष्ट्रपतिसमक्ष बुझाएको  राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार अलसामसी नेपालका लागि आवासीय र एमबेगा र पेभिक गैरआवासी राजदूतहरु हुनुहुन्छ।