काठमाडौं-पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, बिहानी पम्पनजिकै दुई सवारीसाधन आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।
मंगलबार भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २६४४ नम्बरको बस र काठमाडौंबाट लमजुङको बेँसीसहरतर्फ जाँदै गरेको बा२ख ४७६२ नम्बरको माइक्रोबस ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा माइक्रोमा सवार लमजुङको दोर्दी गाउँपालिका–९, धरैनीटोल स्याउलाकी विमला सुनारको मृत्यु भएको हो । उहाँको उपचारका क्रममा मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूको काठमाडौंस्थित ट्रमा सेन्टर, मेडिसिटी र ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।




प्रतिक्रिया