अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान


काठमाडौं-हाल नेपालको पुर्वी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु लागेको छ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। राती प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।

तराईका केही भू-भागमा बिहानीपख हुस्सु लाग्ने र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।