अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चार्ल्स शोभराज आज जेलबाट छुट्ने

चार्ल्स शोभराज आज जेलबाट छुट्ने


काठमाडौं-कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट आज छुट्ने हुनुभएको छ । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उहाँ आज जेलमुक्त हुनु भएको हो ।

शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ । हिजो छुटन उहाँले नमानेपछि आज अध्यागमन लैजाइने भएको हो ।

सर्वोच्चले उहाँलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ । जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्था छ ।