अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार महासंघको साधारण सभा आज, राष्ट्रपति  भण्डारीले उद्घाटन गर्नुहुने 

पत्रकार महासंघको साधारण सभा आज, राष्ट्रपति  भण्डारीले उद्घाटन गर्नुहुने 


काठमाडौं-नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा  सुर्खेतमा हुँदै छ । आज र भोलि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा साधारण सभा हुन लागेको हो ।

साधारण सभामा झण्डै ७ सयभन्दा बढी पत्रकारको सहभागिता रहने जनाइएको छ । कार्यक्रमको प्रमुख अतिथिको रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत जाँदै हुनुहुन्छ । 

यस्तै सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट कृष्ण महरा, कर्णाली सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही र कर्णालीका विभिन्न पालिकाका प्रमुखले अतिथिको रूपमा सहभागिता जनाउनु हुनेछ ।