अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको तापक्रम ४.८ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौंको तापक्रम ४.८ डिग्री सेल्सियसमा झर्‍यो


काठमाडौं-देशभर चिसो क्रमशः बढ्दै गएको छ । चिसोसँगै तापक्रम घट्दो क्रममा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंको यो वर्ष आजसम्मकै कम हो । काठमाडौंको हिजो बिहानको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो ।

यसअघि, गएको मंसिर २६ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम ५.४ डिग्री सेल्सियस थियो । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ६.५ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ६.१ डिग्री सेल्सियस थियो ।

महाशाखाका अनुसार आज वीरेन्द्रनगरको न्यूनतम तापक्रम २.९, भैरहवाको ३, डडेलधुराको ३.१, दिपायलको ४.५, ताप्लेजुङको ५.७, धनगढीको ६.२, ओखलढुंगाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस छ ।

महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।