काठमाडौं-बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको आइतबार बिहान ९३ वर्षको उमेरमा निधन भएको छ।
भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एमएलएलबीसम्मको अध्ययन पुरा गर्नुभएको थियो ।
उहाँ नेपाल बार एसोसिएसनको संस्थापक सदस्य, सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री (सन् २०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०२५), नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो।
७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत उहाँले जोडेका थियो।




प्रतिक्रिया