अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस

काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस


काठमाडौं-काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको छ । यो तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान गरिएको रेकर्डमा काठमाडौं उपत्यकाको तापक्रम ४.५ डिग्री सेल्सियस रहेको छ । जुन यस वर्षको अहिलेसम्मकै न्यूनतम तापक्रम हो ।

काठमाडौं उपत्यकामा आज बिहान अन्य दिनको तुलनामा बढी चिसो महुसस भएको थियो । मौसमविदका अनुसार काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने क्रममा छ ।