अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा कुरा नमिलेपछि अध्यक्ष प्रचण्ड बालकोट प्रस्थान

बालुवाटारमा कुरा नमिलेपछि अध्यक्ष प्रचण्ड बालकोट प्रस्थान


काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पावर शेयरिङमा कुरा नमिलेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोटतर्फ लाग्नुभएको छ ।  

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जानकारी दिएर अध्यक्ष प्रचण्ड बालकोटतर्फ लाग्नुभएको हो । केहीबेरमा दुईनेताबीच भेटघाट हुने तय भएको छ।

माओवादीले आलोपालोपालोमा पहिलो चरणको प्रधानमन्त्री दाबी गर्दै आएको थियो । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसकिने बताएपछि सत्तागठबन्धन भत्किने दिशामा अघि बढेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार बनाउन दिएको समयसीमा आइतवार साँझ ५ बजे सकिँदैछ। यो अवधिभित्र संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलले सरकार बनाउन बहुमत पेश गर्नुपर्नेछ।