अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनहितमा काम गर्न एमालेका मन्त्रीहरुलाई अध्यक्ष ओलीको निर्देशन

जनहितमा काम गर्न एमालेका मन्त्रीहरुलाई अध्यक्ष ओलीको निर्देशन


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनहितमा काम गर्न पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

शपथ लिएको भोलिपल्ट मंगलबार बिहान निजी निवास बालकोटमा बोलाएर अध्यक्ष ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिनुभएको सचिवालयले जनाएको छ ।

एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरु दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई बालकोट पुग्नुभएको थियो ।

पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा एमालेबाट चार मन्त्री सहभागी छन् ।