अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा जारी

सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा जारी


काठमाडौं-सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा जारी रहेको छ । जारी बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता छलफलमा जुटेका छन् ।

मन्त्रिपरिषद विस्तार, सरकारको मूल नीति र कार्यक्रमलगायतका विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सत्ता गठबन्धनले उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पुस ११ गते प्रधानमन्त्रीसहित माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट ७ मन्त्रीले सपथ लिएका थिए । प्रचण्ड सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका थिए । राप्रपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ भने जसपा र नागरिक उन्मुक्तिले भने तत्काल सरकारमा सहभागी नहुने बताएका छन् ।