काठमाडौं – गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीको सरूवा बढुवामा आफूले कुनै किसिमको हस्तक्षेप नगर्ने बताउनु भएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण गर्न आज पुग्नुभएका गृहमन्त्री लामिछानेले आफू कानुनसम्मत चल्ने कुरामा विश्वास गर्ने बताउनु भयो ।
नियम, कानुन र विधिसम्मत रूपमा प्रहरी चलेमा गृह मन्त्रालय र आफूले कुनै हस्तक्षेप नगर्ने लामिछानेले बताउनु भयो ।
प्रहरीको सरुवा, बढुवा कानुन अनुसार हुने तर्क गरेका उहाँले त्यसका लागि कुनै मन्त्री र नेताको दैलोमा नधाउन पनि आग्रह गर्नुभयो ।
सरुवा बढुवाकै लागि नेताको घरमा धाउने कुरालाई अन्त्य गर्न चाहेको बताउँदै उहाँले यदि कसैले त्यस्तो गरेको देखिए कारवाही गर्ने चेतावनी पनि दिनुभयो । उहाँले प्रहरी संगठनको बेथिति हटाउन जुट्ने पनि बताउनुभयो ।




प्रतिक्रिया