काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको कार्यकालमा आफूले लामा र पट्यारलाग्दा भाषणभन्दा काम नै गरेर देखाउने बताउनु भएकाे छ ।
चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हीरक महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले यसपटकको कार्यकालमा कुरा कम र काम बढी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
करीब ५ मिनेट मात्र बोलेका प्रधानमन्त्री दाहालले आफ्नो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गरेको समेत सुनाउनु भयो । उहाँले भन्नभयो, ‘यो कार्यकालमा भाषण गर्नेभन्दा जनताको काम गरेर देखाउनेतिर नै बढी जोड हुनेछ । हरेक दिन देशको पक्षमा,जनताको पक्षमा,सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु।’
शिक्षाको गुणस्तरद्वारा नै एउटा सभ्य र अनुशासित समाजको निर्माण गर्न सकिन्छ र विकासलाई पनि दिगो रूपमा अघि बढाउन सकिने उहाँको भनाई थियो ।




प्रतिक्रिया