अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको न्यूनतम कार्यक्रममा भुटानी शरणार्थीका मुद्दा समावेश गर्न पीआईबीकाे आग्रह 

सरकारको न्यूनतम कार्यक्रममा भुटानी शरणार्थीका मुद्दा समावेश गर्न पीआईबीकाे आग्रह 


अमेरिका-अमेरिकास्थित गैर सरकारी संस्था पिस इनिसिएटिभ भुटान (पीआईबी) ले नयाँ सरकारको साझा न्यूनतम कार्यक्रममा भुटानी शरणार्थी मुद्दा समावेश गर्न आग्रह गरेको छ।

आज प्रधानमन्त्री पुष्पलाल दाहाल र  तथा उप-प्रधानमन्त्री रवि लामिछाने साथै सत्ता गठबन्धनका संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै अमेरिकास्थित गैरसरकारी संस्था पीआईबीले भुटान सरकारसँग कूटनीतिक संवाद पुनः सुचारु गर्न र लामो समयदेखि रहेको भुटानी शरणार्थी समस्या समाधानका लागि सक्रिय पहल गर्न आग्रह गरेको हो।

पीआईबीका संस्थापक९सदस्य सुरज बुढाथोकीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, “यस समस्यालाई स्थायी रूपमा समाधान गर्न भुटानी शरणार्थी मुद्दालाई प्रमुख एजेन्डामा समावेश गर्न तपाईँ नेपाल सरकारले चासो लिनुहुन्छ भन्ने हाम्रो गहिरो आशा छ। ‘ नेपालका दुई शरणार्थी शिविरमा ७ हजारभन्दा बढी भुटानी शरणार्थी अझै पनि बसिरहेका छन् ।

पत्रमा भनिएको छ, ‘नयाँ सरकारको साझा न्यूनतम कार्यक्रम तर्जुमा गर्न तपाईँ सर्वसम्मतिले निर्वाचित हुनुभएको सुनेपछि, हामी तपाईँसँग कुराकानी गर्न उत्साहित र उत्प्रेरित भयौँ किनभने हामी विश्वास गर्छौँ कि तपाईँ “भुटानी शरणार्थी मुद्दाको समाधान“ को रूपमा समावेश गर्ने सही व्यक्ति हुनुहुन्छ।’

बुढाथोकीले समस्या समाधानका लागि पहल गर्न पनि आग्रह गर्नुभएको छ । राज्यविहीन अवस्थामा शरणार्थी शिविरमा कुनै पनि व्यक्तिलाई नछोड्न तथा आफूहरू नेपाल र भुटान सरकारसँग मिलेर काम तयार रहेको पनि पीआईबीले बताएको छ।

भुटानीहरू पुर्नवास भएका राज्यहरूको राजदूतहरुसँग समन्वय तथा वार्ता गरी शरणार्थी समस्या तथा स्वदेश फिर्ती सम्बन्धी पहल कदमी गर्नै बुढाथोकीले पत्रमात्र आग्रह गर्नुभएको छ ।