काठमाडौं – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी गरिएको बताउनु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको २०७९ फागुनमा सकिन लागेकाले फागुनमै दुबै पदको निर्वाचन पूरा गर्न सकिने उहाँले बताउनु भयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘हामीसँग राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न प्रयाप्त समय छ । फागुनमै निर्वाचन गरेर पूरा गर्न सक्छौं । त्यसका लागि कुनै समस्या छैन । राजनीतिक दलहरुवीच सहमति भएमा राष्ट्रपति र उपराष्ट्रपतिको फागुनमै गर्न सक्छौं ।’
राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएकाले पुनः निर्वाचन गर्नुपर्ने भएको थपलियाले बताउनु भयो । राष्ट्रियसभाका एकजना सदस्यले तत्काल निर्वाचन गर्ने तयारी गरिएको बताउनु भयो ।




प्रतिक्रिया