अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा सचिवहरूसँग छलफलमा प्रधानमन्त्री प्रचण्ड

सिंहदरबारमा सचिवहरूसँग छलफलमा प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयको कार्य विवरणबारे जानकारी लिन सरकारका सचिवहरूसँग छलफल गर्नुभएको छ ।

सिंहदरबारमा आज उहाँले सचिवहरूसँग छलफल गर्नुभएको हो ।

सचिवहरूको रिपोर्ट सुनिसकेपछि प्रधानमन्त्री दाहालले मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने कार्यतालिका छ । तेस्रोपटक प्रधानमन्त्रीमा चयन हुनुभएपछि दाहालले पहिलो पटक सचिवहरूसँग सिंहदरबारमा छलफल गर्नुभएको हो ।

छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रवि लामिछाने लगायतको पनि उपस्थिति थियो ।

प्रधानमन्त्री प्रचण्डले यसअघि निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी थाल्न निर्देशन दिनु भएको थियो ।