अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बन्दैन : उपप्रमुख सुनिता डंगोल

जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बन्दैन : उपप्रमुख सुनिता डंगोल


काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताउनु भएको छ ।

आज अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापन पत्र बुझ्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यक्ता हो वा होइन भन्ने बारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाइने बताउनु भयो ।

उपप्रमुख डंगोलले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउने वा नबनाउने भन्नेबारेमा भने सर्वसाधारणको सुझाव लिएर मात्रै महानगर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो,  ‘सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्छ। आवश्यक्ता हो की होइन भन्ने बारेमा अध्ययन भइरहेको हो, डीपीआर, त्यसपछि बनाउने नबनाउने कुरा त बाँकी नै छ। धरहरा, काठमाडौं प्लाजा लगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गर्छ भने नयाँ संरचना बनाउनै पर्दैन। जनताको चाहना विपरित कुनैपनि निर्माण काम हुनु हुँदैन। सर्वसाधारणको सुझाव बिना महानगरले कुनै काम गर्ने छैन।’