अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डको निर्देशन: विदेशबाट फर्किंदा अतिरिक्त मोबाइल ल्याउन दिनू

प्रधानमन्त्री प्रचण्डको निर्देशन: विदेशबाट फर्किंदा अतिरिक्त मोबाइल ल्याउन दिनू


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किंदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिनुभएकाे छ । 

व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । 

विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले राखेपछि व्यापक रुपमा विरोध भएसँगै प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल यो समस्या समाधान गर्न निर्देशन दिनुभएकाे हाे ।  

रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।