काठमाडौँ – उप्रपधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले छिट्टै नै यातायात व्यवस्था सेवा सुधार कार्ययोजना ल्याउने बताउनु भएको छ ।
आज एकान्तकुना र ठूलो भर्याङस्थित यातायात कार्यालयको अनुगमनपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री श्रेष्ठले कमजोरीहरूलाई सुधार गर्दै यातायात व्यवस्था सेवालाई चुस्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
सुशासन र चुस्त सेवा आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै श्रेष्ठले भन्नुभयो, ‘संघ र प्रदेश सरकारबीच समन्वय गरेर तत्काल यातायात व्यवस्था सेवामा सुधार गर्छौं । कर्मचारी थप्न पर्ने ऐनअनुसार थपिन्छ । बिहानदेखि आएर पैसा तिर्नदेखि लाइसेन्स लिन देखिएका लाइन बस्नुपर्ने समस्या समाधान गर्छौं ।’
प्रदेशले कार्ययोजना बनाए पनि त्यसलाई कार्यान्वयन चरणमा लैजान नसेकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘जनताले तुरुन्तै पाउनुपर्ने सेवा नपाएको अवस्था छ त्यसलाई सुधार गर्ने कार्ययोजना तुरुन्तै बन्छ । हामी हेरेर बस्दैनौँ, हेरेर बस्ने हो भने हाम्रो काम छैन ।’




प्रतिक्रिया