अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेवाग्राहीलाई लाइनमा राखेर सास्ती दिने पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

सेवाग्राहीलाई लाइनमा राखेर सास्ती दिने पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवा चुस्त बनाउन ३० बुँदे निर्देशन दिनुभएको छ।

सिंहदरबारमा मंगलबार विभिन्न मन्त्रालयका सचिवहरुसँगको बैठकमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सेवाप्रवाह तथा जनजीविकासँग जोडिएका विषयमा निर्देशन दिनुभएको हो ।

सचिवहरुबाट कार्यप्रगति प्रस्तुतिपछि निर्देशनात्मक सम्बेधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजामती प्रशासन र सरकारी संयन्त्रबाट विगतको कार्यकालझैँ यसपटक पनि पूर्ण सहयोग पाइने बताउनु भयो ।

उहाँले ठूला नीतिगत र दीर्घकालीन विषयहरुभन्दा पनि नागरिकका दैनिक आवश्यकताका सार्वजनिक सेवा प्रवाहका विषयहरु र विकास निर्माण र आयोजना संचालनबारे सम्बोधन केन्द्रित गर्नुभयो ।