काठमाडौं- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विगतमा नेपाली कांग्रेसको सरकारले सरकारी उद्योग कारखानाहरु निजीकरण गर्दा अहिले समस्या भएको आरोप लगाउनु भएको छ ।
मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताउनु भएको हो ।
कांग्रेस नेतृत्वका सरकारले विगतमा सरकारी उद्योगहरुलाई अफ्ठ्यारो पर्ने र निजीकरण गर्ने काम गरेको बताउनु भयो ।
उहाँले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।
सांसद गौतमले वर्तमान सरकारले मुलुकभित्रै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताउनु भएको हो ।




प्रतिक्रिया