अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी


काठमाडौं – सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् । केही दिनअघि अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सरकारको न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तयार गर्न समिति बनेको थियो । सो कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिनुभयो ।

आज कार्यदलको बैठक बस्ने र केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुअघि नै न्यूनतम साझा कार्यक्रम ल्याउने गरी तयारी भइरहेको र अन्तिम चरणमा पुगिसकेको जनाइएको छ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिदै हुनुहुन्छ । उक्त विश्वासको मत लिनुअघि नै न्यूनतम साझा कार्यक्रम ल्याउन लागिएको हो ।

न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्या, रोजगारी सिर्जना, पूर्वाधार विकास लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको जनाइएको छ ।

यो कार्यक्रमको उदेश्य सात राजनीतिक दलको सरकार भएकोले सरकार सञ्चालनमा कुनै व्यवधान नहोस् भन्ने हो ।