अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा सिंहदरबारस्थित नयाँ संरचनाको अवलोकन (फोटोफिचर)

प्रधानमन्त्रीद्वारा सिंहदरबारस्थित नयाँ संरचनाको अवलोकन (फोटोफिचर)


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नयाँ भवनका विभिन्न संरचनाको अवलोकन गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले उक्त भवनस्थित एक्सन रुम, स्टुडियो, पाँचौ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायत संरचनाको निरीक्षण गरेका उहाँको सचिवालयले जनाएको छ।

यसैगरी प्रधानमन्त्रीले भवनको छतमा पुगेर सिंहदरबास्थित अन्य भवन तथा संरचनाहरुको समेत अवलोकन गर्नुभएको थियो । मुख्य सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा भावी परिकल्पना गरिएका संरचनाका बारेमा बिस्तृत जानकारी दिनु भएको थियो ।