अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्र बैंकको चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, पुराना ऋणीलाई राहत (पूर्णपाठ)

राष्ट्र बैंकको चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, पुराना ऋणीलाई राहत (पूर्णपाठ)


काठमाडौं – नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ। आज समसामयिक वित्तीय तथा बैंकिङ विषयमा केन्द्रित रहेर भर्चुअल माध्मयममार्फत गरिएको पत्रकार सम्मेलनमा राष्ट्र बैंकले मार्गदर्शन संशोधन भएको जनाएको हो ।

संशोधनले पुराना ऋणीहरुलाई राहत दिएको छ। चालू प्रकृतिका कर्जा लिने पुराना ऋणीहरुलाई राष्ट्र बैंकले चालू सम्पत्तिको तुलनामा सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुलाई भुक्तानीको समय २०८२ असारसम्म थप गरिदिएको छ। त्यसमा पाँच किस्तामा कर्जा भुक्तानी गर्न सक्ने गरी सुविधा थप गरिदिएको हो।

उक्त मार्गदर्शन राष्ट्र बैंकले कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो। २०७८ पुसमा मार्गदर्शनको मस्यौदा तयार गरेको थियो। त्यसपछि सरोकारवालाहरुसँग राष्ट्र बैंकले प्रतिक्रिया र सुझाव मागेको थियो।

अर्थ मन्त्रालयका कार्यकारी निर्देशक गुणाकर भट्टका अनुसार पछिल्लो समय अर्थतन्त्र सामान्य अवस्थामा फर्किएको छ। विदेशी मुद्रा सञ्चिति राम्रो छ। रेमिट्यान्स पनि बढी भित्रिएको छ भने पर्यटकहरु धेरै भित्रिन थालेका छन्। यसले सकारात्मक संकेत गरेको उहाँको भनाइ छ।

हेर्नुहोस् संशोधित मार्गदर्शनः