काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत बिहीबार मध्यराति कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा भएको भीषण आगलागीमा परेर ज्यान गुमाएका झापाका निराकार पाण्डेका परिवारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार पाण्डेका बुवा अग्नि पाण्डेसँग प्रधानमन्त्री प्रचण्डले भेट गर्नुभएको हो ।
भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको र उनको शव नेपाल ल्याइ परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीबोधप्रति धन्यवाद व्यक्त गर्नुभयो ।




प्रतिक्रिया