अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाल्पा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

पाल्पा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दु:ख व्यक्त


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन अपिल गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज बिहान ट्वीट गर्दै उक्त अपिल गर्नुभएको हो ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मधुवन टारीफाँट नजिकै गएराति दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

प्रचण्डले मृतकका आफन्तहरुप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा हार्दिक अपिल गर्दछु ।’