अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम तराईमा हुस्सु र कुइरो ,पहाडमा आंशिक बदली

आजको मौसम तराईमा हुस्सु र कुइरो ,पहाडमा आंशिक बदली


काठमाडौं -आज देशका पहाडी भू–भागमा अहिले बदली हुने भएको छ । तराईका केही भू–भागमा हुस्सु,कुहिरो र शीतलहर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।