काठमाडौं-१५ औं पटकको निर्वाचनबाट अमेरिकाले सभामुख पाएको छ । अमेरिकाको तल्लो सदन ९हाउस अफ रेफ्रिजेन्टेटिभ्स०को सभामुखमा रिपब्लिकन पार्टीका केभिन म्याकक्याथी चुनिनुभएको छ ।
यससँगै अमेरिकाको इतिहासमा १५० वर्षभन्दा बढी समययताको लामो गतिरोध पनि अन्त्य भएको छ । क्यालिफोर्नियाका सांसद रहेका केभिन म्याकक्याथीलाई सभामुख चुनिनका लागि २१८ मत चाहिनेमा उहाँ आबद्ध रिपब्लिकन पार्टीसँग २२२ सिट थियो ।
रिपब्लिकन पार्टीभित्रका करिब २० चरम दक्षिणपन्थी नेताहरुले उहाँको विपक्षमा उभिँदा नतिजा आउन सकेको थिएन । तर अन्तिम समयमा ६ जना सांसद अडानबाट पछि हटेपछि म्याकक्याथी १५ औं पटकको प्रयासमा सभामुख बन्न सफल हुनुभयो ।
अमेरिकी राष्ट्रपति जो बाइडनले सभामुख म्याकक्याथीलाई बधाई दिनुभएको छ । उहाँले आफू रिपब्लिकनहरूसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ ।
अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपति पछिको मर्यादाक्रममा सभामुख रहन्छन् । सभामुखले संसद बैठकको एजेण्डा तय गर्नुका साथै विधायिकी जिम्मेवारीको सुपरिवेक्षण गर्न सक्छन् ।






प्रतिक्रिया