अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अन्तर्राष्ट्रिय यात्रुका लागि चीनले ‘ट्रान्जिट’ खोल्यो

अन्तर्राष्ट्रिय यात्रुका लागि चीनले ‘ट्रान्जिट’ खोल्यो


काठमाडौं-कोरोना महामारीका कारण लकडाउन सुरु गरेयता चीनले रोकेको अन्तराष्ट्रिय ‘ट्रान्जिट’ खोलेको छ । २०७६ चैतदेखि चीन हुँदै अस्ट्रेलिया, अमेरिका, क्यानडा, युरोप लगायतका मुलुक छिर्ने हवाई ‘ट्रान्जिट’ मा चीनले रोक लगाएको थियो । उक्त ‘ट्रान्जिट’ आजदेखि उसले खुला गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, चीनको सरकारी ध्वजाबहाक वायुसेवा एयर चाइनाले चीन हुँदै तेस्रो मुलुक जाने नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय हवाई रुट खुला गरेको सूचना काठमाडौंमा रहेका आफ्ना ट्राभल एजेन्ट र सरोकारवालालाई पठाएको छ ।

यो निर्णयले मलेसिया, हङकङ, श्रीलंका, भारत, दोहा, दुबई, टर्कीको बाटो हुँदै एकतर्फी कम्तीमा डेढ लाख रुपैयाँ हवाई भाडा तिर्ने नेपाली विद्यार्थी, कामदार, अभिभावकलाई सस्तो र सहज हुने छ ।

‘काठमाडौंबाट छेुन्दु हुँदै चीनका सबै सहर र अरु अन्तर्राष्ट्रिय रुट एयर चाइनाले खुला गरेको छ,’ सहायक प्रवक्ता भुलले भने, ‘अब त्यहाँ क्यारेन्टाइन बस्नुपर्ने नियम लगायतका अन्य कोभिड प्रोटोकल नभएको काठमाडौंमा रहेको एयर चाइनाको प्रधान कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ ।’

Skip This