अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन्दीप लामिछाने रिहा

सन्दीप लामिछाने रिहा


काठमाडौं -जबरजस्ती करणीको मुद्धा लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुनु भएको छ ।

पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने हुनुभएको हो । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।

लामिछानेलाई २० लाख रुपैंया धरौटीमा रिहा गरिएको छ । उहाँलाई तत्काललाई विदेश भ्रमण जान रोक लगाइएको अदालतले जनाएको छ।