काठमाडौं-नेकपा (एमाले)को राष्ट्रिय भेला केहीबेरमा उद्घाटन हुँदै छ। भेलाको उद्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली काठमाडौंको थापाथली हाइटस्थित कार्की बैंक्वेट पुगेका छन्।
भेलामा सहभागी हुन देशभरबाट आएका प्रतिनिधिहरू यतिबेला कार्की बैंक्वेटमा जुटिरहेका छन्। एमालेका अनुसार भेलामा ३ हजार ४१४ प्रतिनिधि सहभागी हुँदै छन्।
भेलास्थलमा सहभागीहरूको हाजिरी गर्ने तथा परिचयपत्र (कार्ड) वितरण गर्ने काम भइरहेको छ।
राष्ट्रिय भेलामा पुराना वामपन्थी नेताहरू मोहनचन्द्र अधिकारी, वाचस्पति देवकोटा, हरिचरण सिवाकोटी र विजयलाल श्रेष्ठ पनि सहभागी छन् । विजयलाल श्रेष्ठ नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका भाइ हुन्।
एमालेले राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको भावी दिशा र स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न राष्ट्रिय भेला आयोजना गरेको हो ।







प्रतिक्रिया