काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज रिहा हुनुहुने भएको छ । बिहीबार उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिए पनि उहाँ आज मात्र रिहा हुनुहुने भएको हो ।
उहाँका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले अदालतले २० लाख धरौटीमा छोड्न आदेश दिएको र शुक्रबार धरौटी राखेर निस्किने जानकारी दिनुभयो ।
न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त बन्द इजलासले लामिछानेलाई विदेश जान पनि रोक लगाएको छ ।
जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थुनामै राखेर कारबाही गराउन आदेश गरेपनि सोविरुद्ध उहाँले उच्च अदालत पाटनमा निवेदन दिनुभएको थियो । उहाँलाई गएको कात्तिक १८ मा थुनामा पठाउन आदेश दिइएको थियो ।
लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो । प्रहरीले गत असोज २० गते त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।




प्रतिक्रिया