काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनका निष्ठावान् कार्यकर्ता सुदर्शन श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।
अध्यक्ष ओलीले स्वर्गीय सुदर्शनको आमा दुर्गादेवी श्रेष्ठलाई सन्देश पठाउनु भई स्वर्गीय सुदर्शनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकमा रहेको परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले सन्देशमा श्रेष्ठ परिवारले लोकतान्त्रिक तथा कम्युुनिष्ट आन्दोलन सफलताका लागि निर्वाह गरेको भूमिकाको स्मरण गर्नुभएको छ । निरङ्कुश शासनको बर्बर दमनको कठिन समयमा पार्टीलाई जोगाउन त्यस परिवारले पुर्याएको योगदान अतुलनीय रहेको अध्यक्ष ओलीले सन्देशमार्फत जनाउनुभएको छ ।
अध्यक्ष ओलीको समवेदना सन्देश पार्टीका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले स्व।सुदर्शनको परिवारलाई हस्तान्तरण गर्नुभएको छ । समवेदना व्यक्त गर्न पार्टीका कार्यालय सचिव डा। भीष्म अधिकारी लगायत जानुभएको थियो ।
काठमाडौंको त्यौड निवासी सुदर्शन, उहाँका बुवाआमा र परिवारले निरङ्कुश पञ्चायती शासनकालदेखि लोकतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनलाई सहयोग पुर्याएको थियो । उहाँहरूको घर कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताको आश्रयस्थल तथा संरक्षण र सम्पर्कस्थलका रूपमा प्रयोग भएको थियो । स्व।सुदर्शन क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।




प्रतिक्रिया