काठमाडौं – मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको हो ।
पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि सो विषयमा छलफल गर्न र आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको एक मन्त्रीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषदको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलस्थित कन्ट्रोल रुममा पुगेर विमान दुर्घटनापछिको उद्धारको अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।
विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे विमानस्थल र एटीसीका अधिकारीसँग जानकारी लिएका छन् ।
काठमाडौंबाट बिहान उडेको जहाज बिहान ११ बजेर १० मिनेट जाँदा पोखराको दुवै विमानस्थलको बीचमा बस्तीनजिकै सेती नदो खोँचमा दुर्घटना भएको थियो ।




प्रतिक्रिया