अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-१ का मुख्यमन्त्री कार्कीद्वारा आगलागी भएको घटनास्थल अनुगमन

प्रदेश-१ का मुख्यमन्त्री कार्कीद्वारा आगलागी भएको घटनास्थल अनुगमन


दमक – प्रदेश-१ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दमक–६ स्थित नमुना बजारमा आइतबार बिहान भएको आगलागी भएको घटनाबारे स्थलगत जानकारी लिनुभएको छ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार मुख्यमन्त्री कार्कीले आइतबार साँझ आगलागीस्थलमा पुगी घटनाका बारेमा जानकारी लिनुभएको हो। उहाँलाई नगर प्रमुख थापा, इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले घटनाका बारेमा जानकारी गराउनुभएको थियो ।

त्यस्तै, उहाँले आगलागी पीडित व्यवसायीसँगसमेत संवाद गर्नुभएको नगर प्रमुख थापाले जानकारी दिनुभयो । मुख्यमन्त्री समक्ष पीडितहरुले आफूहरुलाई पुनःस्थापित तथा राहतमा सहयोग पु¥याइदिन माग राखेका थिए । त्यस क्रममा मुख्यमन्त्री कार्कीले प्रहरी प्रशासनलाई घटनाको सत्यतथ्य छानबिन गर्न निर्देशन दिनुभएको थियो ।

 पीडित व्यवसायीलाई राहत उपलब्ध गराउन स्थानीय सरकार र यहाँका राजनीतिक दल, सङ्घ संस्थाको सक्रियता पहिलो हुने उहाँले बताउनुभयो । “प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने र गर्न मिल्ने सम्मको राहत आफूले तुरुन्तै उपलब्ध गराउने छु”, मुख्यमन्त्रीले भन्नुभयो ।

घटनामा ६ वटा पसल पूर्णरुपमा क्षति भएको तथा अन्य तीन वटा पसलका सबै सामान जल्दा करिब रु दुई करोड बढीको धनजनको क्षति पुगेको प्रहरीले जनाएको छ ।