अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित दुईजना पक्राउ

स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित दुईजना पक्राउ


वीरगञ्ज – स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित वीरगञ्जबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्जको नगवाका ३४ वर्षे विकास साह र मनियारी बस्ने सुवासकुमार साह रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ५०० र १००० दरका साढे २२ लाख रुपैयाँ नगद, मोबाइल र भारती नम्बरको स्कुटर बरामद गरेको छ ।

वीरगञ्जको घण्टाघर नजिकै शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई रोकेर सोधपुछ गर्दा रकम फेला परेको थियो ।