अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमप्रसादको निधन

संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमप्रसादको निधन


काठमाडौं । संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको हो ।  

उहाँको शरीर ८० प्रतिशत जलेको थियो । जसलाई जटिल अवस्था मानिन्छ । 

इलाम घर भएका आचार्यले हिजो शरीरमा पेट्रोल हालेर आत्मदाह गर्नुभएको थियो । प्रहरीले उद्धार गरी उहाँलाई अस्पताल पुर्‍याएको थियो ।

आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुग्नुभएको थियो ।