अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बनभोजमा राजनीति होइन,रमाइलो गर्न अध्यक्ष ओलीको सुझाव

बनभोजमा राजनीति होइन,रमाइलो गर्न अध्यक्ष ओलीको सुझाव


भक्तपुर -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बनभोजमा राजनीति होइन रमाइलो गर्न सुझाव दिनुभएको छ ।
नेकपा एमाले झापा काठमाडौं सम्पर्क मञ्चले यहाँ आयोजना गरेको बृहत्त झापाली बनभोज कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । कार्यक्रममा धेरै वक्ता सहित भाषण मात्र राखेको थाहा पाएपछि अध्यक्ष ओलीले बनभोजमा राजनीति होइन रमाइलो गर्न सुझाव दिनुभएको हो ।
करिब तीन मिनेट मात्र सम्बोधन गरेर अध्यक्ष ओलीले पिकनिकमा राजनीतिका भन्दा रमाइला कुरा गर्नु उपयुक्त हुने भन्दै आफ्नो भनाइ टुंग्याउनुभयो ।


एमाले पोलिटव्यूरो सदस्य एवं राष्ट्रियसभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले पनि बनभोजमा भाषण र आसन ग्रहणका औपचारिकता नगर्न सुझाव दिनुभयो । उहाँले अर्को वर्ष देखि कार्यक्रमको नामै फेरेर ‘रमाइलो बनभोज कार्यक्रम राख्न’ सुझाव दिनुभयो ।
साँसद एलपी साँवाले मञ्चभन्दा तल बसेकाहरुको अनुहारले भाषण मन नपराएको भन्दै ‘भाषण कि नाँचगान’ भनेर अप्सन दिएपछि नाचागान भनेपछि आफ्नो भनाइ टुंग्याउनु भयो । कार्यक्रममा प्रदेश समन्वय कमिटीका सचिव इन्द्र भण्डारी,सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा लगायतले मन्तव्य राखिएको थियो ।
कलाकार टिका भण्डारीले केहीबेर साँगितिक कार्यक्रम प्रष्तुत गर्नुभएको थियो । सहभागीहरुले बनभोज कार्यक्रमलाई सृजनात्मक र मनोरञ्जनात्मक बनाउन आयोजकलाई सुझाव दिएका छन् ।