अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार छाड्ने कि नछाड्ने निर्णय गर्न बसेको रास्वपाको बैठकमा संसद बहिष्कारको निर्णय

सरकार छाड्ने कि नछाड्ने निर्णय गर्न बसेको रास्वपाको बैठकमा संसद बहिष्कारको निर्णय


काठमाडौं -आफूले गृह मन्त्रालय नपाउँदा सरकार छाड्ने अल्टिमेटम दिएको समय सकिएपछि बसेको राष्ट्रिय स्वतन्त्र पाटीको बैठकले संसद बहिष्कार गर्ने निर्णय गरेर सकिएको छ ।
गएराती मध्यरातसम्म बसेको बैठकमा सरकार छाड्ने नछाड्ने एजेण्डामा प्रवेशै नगरेको नेताहरुले बताएका छन् ।
आज पुन बैठक बस्ने तर आजको संसद बैठकचाँही बहिष्कार पार्टीको निर्णय छ । सँसद बैठक किन बहिष्कार गर्ने भन्ने बारेमा रास्वपाका नेताहरुले केही बताएका छैनन् ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संसदमा रास्वपाका २० सांसद छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपालाई गृह नभइ भौतिक पूर्वाधार मन्त्रालय लिन आग्रह गर्नुभएको थियो । उसले आफूलाई गृह दिने नदिने दुई दिन भित्र निर्णय गर्न प्रधानमन्त्रीलाई अल्टिमेटम दिएको थियो ।