अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन : सत्ता पक्षको उम्मेदवार अर्याल

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन : सत्ता पक्षको उम्मेदवार अर्याल


काठमाडौं-राष्ट्रिय  सभाको  उपाध्यक्ष  पदमा  सत्ता  गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दिनुहुने भएकाे छ ।

सत्ता पक्षबीच राष्ट्रिय सभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रले दाबेदारी दिने सहमति अनुसार माओवादी नेतृ अर्यालले उम्मेदवारी दिनुहुने भएकाे हाे ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी दिने÷नदिनेसम्बन्धमा निर्णय गरेका छैनन् । राष्ट्रिय  सभाको  उपाध्यक्ष  पदका  लागि  आज मनोनयन दर्ता हुँदै छ । 

सङ्घीय संसद् सचिवालयका  अनुसार  राष्ट्रिय  सभाको  उपाध्यक्ष  पदको मनोनयन प्रस्ताव आज दिउँसो १ देखि अपराह्न ४ बजेसम्म दर्ता हुनेछ ।