अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन २ मा ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै

चितवन २ मा ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै


काठमाडौं-चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुहुने भएको छ । 

श्रेष्ठले आज विहान ११ः३० बजे निर्वाचन आयोगमा निवेदन दर्ता गर्ने जनाइएको छ । 

कांग्रेसका श्रेष्ठ लामिछानेसँग ३४ हजार ३१२ मतले पराजित हुनुभएको थियो । लामिछाने नागरिकता सम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतको फैसलाले ७२ दिनमै पदमुक्त हुनुभएको थियो । 

लामिछानेको रास्वपाले भने तत्काल उपनिर्वाचन गर्न माग गरेको छ ।