अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले आज संसदमा सम्बोधन गर्नुहुँदै

अध्यक्ष ओलीले आज संसदमा सम्बोधन गर्नुहुँदै


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा समसामयिक राजनीतिको विषयमा सम्बोधन गर्दैहुनुहुन्छ ।
बालकोट स्रोतका अनुसार अध्यक्ष ओलीले विगतमा नेकपा र एमालेको सरकारले अघि बढाएका राम्रा कामहरुको विवरण र वर्तमान सरकारले अघि बढाउन चाहेका विकास र समृद्धिका कार्यक्रमहरुको चर्चा गर्नुहुनेछ ।
सम्बोधनमा अध्यक्ष ओली काँग्रेसप्रति आक्रामक ढंगले प्रष्तुत हुनुहुने स्रोतको भनाइ छ । उहाँले काँग्रेसका सरकारले गरेका अनियमितता,भ्रष्टाचार र गैह्र संवैधानिक कामहरुको भण्डाफोर गर्ने तयारी छ । वर्तमान राजनीतिलाई गिजोल्न काँग्रेसले गरिरहेको प्रयास र यसका सुत्राधारहरुका बारेमा समेत अध्यक्ष ओलीले आजको सम्बोधनमा समेट्ने जनाइएको छ ।