अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यूरोपेली संघ आयुक्त जुट्टा नेपाल आउँदै

यूरोपेली संघ आयुक्त जुट्टा नेपाल आउँदै


काठमाडौं-अन्तर्राष्ट्रिय साझेदारीका लागि यूरोपेली संघकी आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि नेपाल आउने भएकी छन् ।  ईयूको काठमाडौंस्थित दूतावासका अनुसार आयुक्त उर्पिलाइनेन ८ फेब्रुअरी अथार्त बुधबार नेपाल आउने तय भएको हो । 

इयुका अनुसार पोषण, शिक्षा र ग्रिन रिकभरीलगायत एजेन्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ । 

पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार आएपछि ईयूबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । 

नेपालमा अमेरिकाबाट एकपछि अर्को भ्रमण भइरहेका बेलामा ईयूबाट पनि भ्रमण हुन लागेको हो । आयुक्त उर्पिलाइनेनले नेपालमा यूरोपेली संघका विभिन्न कार्यहरुको सुरुआत गर्न आउन लागेकी ईयूले जनाएको छ ।

काठमाडौंस्थित ईयूको राजदूतवासले जनाएअनुसार उनले प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि यूरोपेली संघले तय गरेको रणनीतिका विषयमा समेत उनले भ्रमणका क्रममा छलफल गर्नेछिन् । 

नेपालले सन् २०२६ मा अल्पविकसित देश (एलडीसी) स्थितिबाट उत्तीर्ण हुने तयारी गरिरहेको महत्वपूर्ण समयमा आयुक्त उर्पिलाइनेनको भ्रमण हुन लागेको ईयूले जनाएको छ । 

सन् २०२१ देखि २०२७ सम्म नेपालको लागि यूरोपेली संघले मल्टिएनियल इन्डिकेटिभ प्रोग्राम (एमआईपी) मार्फत सहयोग गरेको छ । 

आयुक्त उर्पिलाइनेनले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री विमला राई पौडेलसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।