काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नुभएको छ ।
अबुधाबीमा २०७९ माघ २४ देखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी) नेपालका प्रमुख समेत रहेका आईजीपी सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा पनि त्यसतर्फ प्रस्थान गरेका छन्।
सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नुभयो ।




प्रतिक्रिया