अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली कांग्रेसले दोहोरो चरित्र देखायो: प्रदिप ज्ञवाली

नेपाली कांग्रेसले दोहोरो चरित्र देखायो: प्रदिप ज्ञवाली


काठमाडौं – नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदिप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताउनु भएको छ।

राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्यौललाई हटाएर अघि बढन पनि सत्तारुढ गठबन्धन टिकाउन जरुरी रहेको बताउनुभयो ।

रफ्त सञ्चार क्लवले सोमबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गत पुस १० गते भएको सहमतीलाई कार्यान्वयन गर्न सत्तारुढ दलहरु दृढतापूर्वक उभिनुपर्ने पनि बताउनुभयो ।

उहाँले कांग्रेसले प्रतिपक्ष हुन पाउनका लागि निवेदन दिने अनि सत्ताको महत्वपूर्ण अंगहरुमा हिस्सेदार खोज्ने दोहोरो चरित्र देखाउन नहुने जिकीरसमेत गर्नुभयो । उहाँले भन्नुभयो,  ‘जहाँसम्म राष्ट्रपति निर्वाचनको कुरा छ। हिजो पुस १० गते जे समझदारी भएको छ। यो सरकार बनाउने राजनीतिक दलहरुको बीचमा । त्यो समझदारी दृढतापूर्वक कार्यान्वयन हुनु पर्दछ।’