अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलियम पदार्थमा प्रति लिटर ३ रुपैंया वृद्धि

पेट्रोलियम पदार्थमा प्रति लिटर ३ रुपैंया वृद्धि


काठमाडौं -सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ।
वृद्धि गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ। हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ।

निगमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९र१०र२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल÷मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ।’